सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

दावाको नातेदार लोरुङ गोम्बोसहित ४ जना मात्र फरार प्रतिवादी कायम

बुधबार, २७ भदौ २०८०, १९ : ३८
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । सुन तस्करीमा संलग्न १८ जना फरारमध्ये ४ जनालाई मात्रै प्रतिवादी कायम गर्ने निर्णय गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ४ जनालाई फरार प्रतिवादी कायम गर्न केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिललाई राय दिएको छ ।

चीनको सिचुवान प्रान्त घर भएका लोरुङ गोम्बो, बाराका भोला सराफ, व्यवसायी जीवन चलाउने र रोल्पा घर भएकी अमला रोकालाई फरार प्रतिवादी कायम गरिएको छ ।

चिनियाँ लोरुङ गोम्बो तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङका भाइ नाता पर्छन् । अमला रोका दावाकी पत्नी हुन् । ब्युरोले बुधबार पत्रकार सम्मेलन गरेर १८ जना फरार भएको जानकारी दिएको थियो । तर, ४ जना बाहेक अन्य आरोपितको ठेगाना नखुलेको हुनाले प्रतिवादी कायम गर्न नसकिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

सीआईबीले पक्राउ गरिएका र फरारसहित २९ जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । थुनामा भएका २५ जनालाई प्रतिवादी कायम गर्न रायसहितको अनुसन्धान प्रतिवेदन आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधीवक्ता जनक घिमिरेले रातोपाटीलाई बताए । सुन तस्करीमा संलग्न आरोपमा अहिले ३२ जना सीआईबीको हिरासतमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप