अपडेट : पक्राउ परेका सबैविरुद्ध मुद्दा नचल्ने, जम्मा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय
काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले जम्मा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको छ ।
ब्युरोले बुधबार सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको हो । जबकि सीआईबीले पक्राउ गरेर ३२ जनालाई हिरासतमा राखेको छ भने अन्य १८ जना फरार रहेको जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता जनक घिमिरेले २५ जना थुनुवा र ४ जना फरार प्रतिवादी गरी कुल २९ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन पेश भएको जानकारी दिए । प्रतिवेदन कुल ३१४ पृष्ठको रहेको जनाइएको छ ।
अब सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गरेर प्रतिवादी टुंगो लगाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नेछ । हङकङबाट ब्रेकप्याडमार्फत आएको अवैध सुन साउन ३ मा सिनामंगलबाट बरामद राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । राजश्व हुँदै सो प्रकरणको अनुसन्धान सीआईबीले टुंग्याएर मुद्दा दायर गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण