स्टोक्सको कीर्तिमानी शतकमा इंग्ल्याण्डको शानदार जीत
ओभल । बेन स्टोक्सले एकदिवसीयमा इंग्ल्याण्डका लागि सर्वाधिक ठुलो व्यक्तिगत स्कोर बनाएपछि टोलीले तेस्रो एकदिवसीयमा न्युजिल्याण्डलाई १ सय ८१ रनको विशाल अन्तरले हराएको छ । बुधबार स्टोक्सले १ सय ८२ रन बनाउँदै यसअघि जेसन रोयले सन् २०१८ मा अस्ट्रेलियाविरुद्ध बनाएको १ सय ८० रनको रेकर्ड उछिनेका हुन् ।
स्टोक्सले विस्फोटक ब्याटिङ गर्दै मात्र १ सय २४ बलमा १ सय ८१ रन बनाए । यस क्रममा उनले १५ चौका र ९ छक्का हिर्काए । न्युजिल्याण्डविरुद्ध कुनै पनि खेलाडीले बनाएको यो तेस्रो ठुलो स्कोर पनि हो । त्यस्तै, डेविड मलान ९६ रन बनाउँदै शतकबाट मात्र ४ रनले चुके । कप्तान जोस बटलरले ३८ रन बनाए ।
उता, न्युजिल्याण्डका लागि तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ५ विकेट लिए भने बेन लिस्टरले ३ विकेट लिए । एकदिवसीयमा उनले छैटौँ पटक पाँच वा सोभन्दा बढी विकेट लिएका हुन् । न्युजिल्याण्डका लागि उनको यो रेकर्ड पनि हो । यसअघि सर रिचर्ड हेड्लीले पाँचपटक यो उपलब्धि हासिल गरेका थिए ।
इंग्ल्याण्डले ४८.१ ओभर सबै विकेट गुमाएर ३ सय ६८ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको न्युजिल्याण्डले मात्र ३९ ओभरमा अलआउट हुँदै १ सय ८७ रन बनाउन सक्यो ।
टोलीका लागि गेन फिलिप्सले ७२ रन बनाए भने रचिन रवीन्द्रले २८ रनको योगदान दिए । इंग्ल्याण्डका लागि क्रिस वोक्स र लियाम लिभिङ स्टोनले ३–३ तथा रिस टोप्लेले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण