सुरक्षा चुनौती भएको भन्दै सामूहिक उजुरी दर्ताको तयारी
हेटौँडा । हेटौँडामा भएको चिकित्सक कुटपिटको घटनामा संलग्न भएकाहरूलाई कानुनी कारबाहीमा ल्याउन चिकित्सकहरूले सामूहिक उजुरी दर्ता गर्ने भएका छन् । बुधकार हेटौँडा–१ स्थित सन्चो अस्पतालमा भएको चिकित्सक कुटपिटको घटनामा संलग्नहरूलाई कारबाहीको माग राख्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील पेसागत संगठनहरुले सामूहिक उजुरी दर्ता गर्ने तयारी गरेका हुन् ।
सो घटनामा संलग्नहरूलाई पक्राउ गर्न मकवानपुरका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रूपमा प्रहरीमा उजुरी दर्ता गराउने हेटौँडा अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षाको प्रत्याभूति नभएको र कुटपिट भएका चिकित्सकहरूलाई थप सुरक्षा चुनौती आएकाले सामूहिक उजुरी दर्ता गर्ने तयारी गरिएको हो ।
चिकित्सक माथि भएको सांघातिक आक्रमणमा परेका चिकित्सकहरूलाई प्रहरी प्रशासन कै अगाडी मार्ने र काट्ने सम्मको धम्की आएकाले सो चुनौतीका विरुद्ध सामूहिक रूपमा उजुरी दर्ता गरिने उनले बताए ।
बुधवार बिहान हेटौँडा–१ स्थित सन्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि एक समूहले सांघातिक आक्रमण भएको थियो । घटना पश्चात् बुधवार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सिताराम रिजालको कार्यकक्षमै आक्रमणकारी र पीडित चिकित्सकहरुबीच सहमति गर्ने विषयमा छलफलसमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण