एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार उनीहरुलाई केन्द्रीय सदस्य मनोनीत गरेको सो पार्टीले जनाएको छ ।
अध्यक्ष माधव नेपालले अन्तर पार्टी निर्देशन जारी गर्दै अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीसहित २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको उल्लेख गरेका छन् ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दिपक केसी रहेका छन् । त्यसैगरी धनबहादुर कार्की,धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण