सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सचिव रामकुमारी झाक्री अमेरिकाको इन्चार्ज

बिहीबार, २८ भदौ २०८०, १६ : १३
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले प्रवास विशेष प्रदेशको जिम्मेवारी पाएकी छन् । अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशनमा नेतृ झाक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकिएको छ । 

त्यस्तै स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले एसिया, अष्ट्रेलिया र अफ्रिकाको इन्चार्जको जिम्मेवारी पाएका छन् भने अशोक थापाले भारत प्रवासको इन्चार्जको जिम्मेवारी पाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप