ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन भइरहेको छ : सन्तोष परियार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाइदिने भनि पैसा माग गरेको आरोप लागेका पार्टीका नेतामाथि छानबिन भइरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले पूर्व सांसद डा. श्रेष्ठसँग पैसा मागेको आरोप लागेका पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन भइरहेको बताएका हुन् । उनले आरोप प्रमाणित भए थापालाई पनि कारबाही गरिने बताए । उनले छानबिन प्रक्रियालाई पनि छिट्टै टुंग्याउने बताए ।
रास्वपाका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन पार्टीलाई पैसा बुझाउनुपरेको भन्दै एक मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले सांसद पदबाट पदमुक्त गरेको थियो । डा. श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीको केन्द्रीय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण