‘नाङ्गो गाउँ’ र ‘एक भगवत् र एक गीता’ को कस्तो होला ओपनिङ ?
काठमाडौंँ । रिलिजमा आउन लागेको फिल्मको ब्यवसाय कस्तो हुन्छ भनेर त्यसको बुकिङबाट पनि अनुमान गर्न सकिन्छ । त्यसैले निर्माताहरु फिल्मको बुकिङ राम्रो भयो भने ब्यवसाय राम्रो हुने भन्दै उत्साहित हुने गर्छन् ।
यस्तैमा शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’ र ‘एक भगवत् र एक गीता’ को बुकिङ भने सुखद देखिएको छ । फिल्मको बुकिङ खुलेसँगै दुबै फिल्म प्रति दर्शकको उत्साह देखिएको छ । विशेषगरी, क्यूएफएक्स चेनका केही कल, सिके सिनेमाज्, बीग मुभिज, एफक्यूब, वान सिनेमाज् लगायतका फिल्मको लागि दर्शकको उत्साह राम्रो देखिएको छ ।
‘नाङ्गो गाउँ’ का प्रस्तुतकर्ता हिमाल शर्माले फिल्मले राम्रो ओपनिङ गर्ने सम्भावना देखाएको बताए । बुकिङलाई पनि राम्रो मान्नुपर्छ । केही हलहरुमा त शोज हाउसफूल हुने बाटोमा छन् । यसैले, हामी उत्साहित छौं’ उनले भने ।
त्यस्तै ‘एक भगवत् र एक गीता’ का निर्माता सुनीलकुमार थापाले पनि आफ्नो फिल्मको शो र बुकिङ राम्रो भएको बताए । उनले फिल्मले देशभर राम्रो ब्यवसाय गर्ने देखिएको सुनाए ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् र एक गीता’ भने बिपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण