बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
दीपक–दीपाश्रीले निर्माण गरेको फिल्म हल उद्घाटन (तस्बिरहरू)
फोटोफिचर

दीपक–दीपाश्रीले निर्माण गरेको फिल्म हल उद्घाटन (तस्बिरहरू)

शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाले ९ करोडको लागतमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरेको आइइनआइ सिनेमाज् आजबाट सञ्चालनमा आएको छ । शुक्रवार आयोजित एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकालले रिवन काट्दै हलको शुभारम्भ गरे ।

कार्यक्रममा अध्यक्ष ढकालले अभिनयमा रमाइरहेका व्यक्तिले हल सञ्चालन गर्नु निकै राम्रो कार्य भएको बताए । मानिसहरुलाई व्यवसायमा लाग्न कन्फिडेन्स नभएको अवस्थामा दीपक–दीपाको हलले एउटा सकारात्मक सन्देश छोड्ने उनको धारणा रहेको थियो । ‘यो हल सेन्टर ठाउँमा खुलेको छ । यसको व्यवसाय राम्रो हुन्छ भन्ने मलाई विश्वास छ’ ढकालले थपे ।

सञ्चालक कलाकार दीपकराज गिरीले आफूले सञ्चालनमा ल्याएको हलमा आजैबाट निर्माता र हल व्यवसायको शेयर बाँडफाँड ५०–५० प्रतिशत गर्ने बताए । उनले निर्मातालाई पनि हलको पार्टनरसिप रहेको छ भन्ने महसुस गराउन आफूले ५०–५० प्रतिशत शेयर बाँडफाँड गर्न लागेको धारणा राखे ।

कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, निर्देशक सम्झना रौनियार उप्रेती, निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जन, कलाकार निर्मल शर्मा ‘गैडा’, निर्देशक नबल नेपाल लगायत थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो ।

हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ । हल सञ्चालनमा आएलगतै हलमा फिल्म ‘म नाङ्गो गाउँ’ र  ‘एक भागवत  र एक गीता’ प्रदर्शनमा आएको छ । यी दुवै फिल्म आजबाटै सार्वजनिक प्रदर्शनमा आएको हो । दीपक–दीपाको यो हल गत वैशाखमै सञ्चालनमा ल्याउने योजना थियो । आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ हुन पुगेको हो । हल आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालनमा आएको हो । तस्बिर: कृष्ण खड्का/रातोपाटी

तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया