डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
मङ्गलबार, ०५ साउन २०८३, १९ : ४९
सारांश
- जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट भागेका सिबी लामा मकवानपुरको हेटौँडाबाट पक्राउ परेका छन् ।
- कान्तिपुर सेभिङ्गका अध्यक्ष सिबी लामा सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।
- कान्तिपुर सेभिङ्गको १ अर्ब ५१ करोड र पशुपति सेभिङ्गको १२ करोड रुपैयाँ अपचलन गरेको आरोपमा उनी थुनामा परेका थिए ।
काठमाडौँ । जेनजी आन्दोलन हुँदा डिल्लीबजार कारागारबाट भागेका सिबी लामालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनी मकवानपुरको हेटौँडाबाट पक्राउ परेका हुन् ।
कान्तिपुर सेभिङ्गका अध्यक्ष रहेका चन्द्र बहादुर तामाङ ‘सिबी लामा’ सहकारी ठगी मुद्दामा पुर्पक्षका लागी थुनामा थिए । कान्तिपुर सेभिङ्ग र पशुपति सेभिङ्गको बचत रकम अपचलन मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो ।
उनलाई हेटौँडा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘पक्राउ गरेर थप कुराहरू बुझ्दै छौँ ।’
कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पशुपति सेभिङ्गको पनि करिब १२ करोड रुपैयाँ अपचलन भएको अनुसन्धानबाट खुलेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण