मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४ प्रतिशत मलेसियाली उपभोक्ताले किनमेल प्रक्रियामा सहयोग लिन कृत्रिम बुद्धिमत्ता (एआइ)को प्रयोग गर्ने गरेका छन् ।
‘एडयेन इन्डेक्स २०२६ मलेसिया रिटेल रिपोर्ट’का अनुसार, उपभोक्ताले उत्पादन खोज्न, विकल्प तुलना गर्न र किनमेलसम्बन्धी सुझाव लिन एआइको प्रयोग बढाउँदै लगे पनि ५२ प्रतिशतले एआईमार्फत आफ्नो तर्फबाट खरिद प्रक्रिया पूरा गर्न भने सहज महसुस नगरेको बताएका छन् ।
एडयेन मलेसियाका कन्ट्री म्यानेजर ली सुन यिनले एआइ आधारित किनमेलको विस्तारमा ‘विश्वास’ अझै प्रमुख चुनौती रहेको बताए ।
“उपभोक्ताले उत्पादन खोजी, तुलना र सुझावका लागि एआइ प्रयोग गरिरहेका छन्, तर एआइमार्फत हुने कारोबारलाई व्यापक रूपमा स्वीकार गर्न विश्वासको पक्ष अझै महत्वपूर्ण छ,” उनले भने ।
ली सुनका अनुसार उपभोक्ताको प्रमुख चासो व्यक्तिगत तथ्याङ्कको सुरक्षा मात्र नभई उत्पादनको गुणस्तर, ग्राहक सेवा र बिक्रीपछिको सेवासँग पनि सम्बन्धित छ ।
सर्वेक्षणले भुक्तानी सुरक्षाले पनि उपभोक्ताको विश्वासमा महत्वपूर्ण प्रभाव पार्ने देखाएको छ । करिब ५९ प्रतिशत उपभोक्ताले भुक्तानीसम्बन्धी त्रुटिले कुनै ब्रान्डप्रतिको उनीहरूको धारणा नकारात्मक बनाउन सक्ने बताएका छन् ।
त्यस्तै, २६ प्रतिशत उत्तरदाताले भुक्तानीमा समस्या आएपछि खरिद प्रक्रिया रद्द गर्ने तथा सम्बन्धित बिक्रेताकहाँ पुनः नजाने बताएका छन् ।
एडयेनले सार्वजनिक गरेको उक्त प्रतिवेदनले एआइको बढ्दो प्रयोगसँगै डिजिटल किनमेलमा उपभोक्ताको विश्वास र सुरक्षा सुनिश्चित गर्नु व्यवसायका लागि मुख्य चुनौती बनेको देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण