राजीनामा दिएका गुरुङको दाबी– राजनीतिबाट सन्यास लिन्छु एमालेमा फर्किन्न
बुटवल । कार्यविभाजनप्रति असन्तुष्ट जनाउँदै राजीनामा घोषणा गरेका एकीकृत समाजवादी लुम्बिनी प्रदेशका सचिव एवम् केन्द्रीय सदस्य राजु गुरुङले राजनीतिबाट सन्यास लिने तर एमाले नफर्किने बताएका छन् ।
पार्टीले विभाजन गरेको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै बिहीबार उनले राजीनामा घोषणा गरेका थिए । अकास्मात राजीनामा किन दिनुभयो भन्ने प्रश्नमा उनले नेताहरूको कार्यशैली, कार्यविभाजन र कार्यदिशाका कारण आफूले राजीनामा दिन बाध्य भएको जिकिर गरे ।
‘म अहिले स्वतन्त्र वामपन्थी नेताको हैसियतमा छु । बरू विभिन्न पार्टीमा जान सकिन्छ । राजनीतिबाट सन्यास लिन सकिन्छ । रेटेर मर्न सकिन्छ एमाले फर्किन्न’, रातोपाटीसँग उनले भने । नयाँ पार्टी खोल्ने सम्बन्धमा बौद्धिक व्यक्तिहरूसँग छलफल भइरहेको जानकारी दिँदै एकीकृत समाजवादी पनि अब नफर्किने उनले बताए । केन्द्रीय समितिबाटै नेताहरूको कार्यविभाजन गरौं भन्दा नेतृत्वले नमानेको गुनासो पोख्दै राजीनामा घोषणा गरेपछि जिम्मेवारी दिन्छौं निर्णयमा पुनर्विचार गर्नोस भन्नुको औचित्य नभएको उनको भनाइ छ ।
राजनीनमा घोषणापश्चात् महासचिव र उपमहासचिवहरूले निर्णयमा पुनर्विचारका लागि फोन गरेको उनले बताए । एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी सहितको परिपत्र जारी गरेपछि उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण