ताइवानले एलन मस्कलाई किन भन्यो ‘यो बिकाऊ होइन’ ?
शुक्रबार, २९ भदौ २०८०, १६ : ५०
ताइवानले एलन मस्कको एउटा बयानमा आपत्ति जताउँदै जवाफ फर्काएको छ । एलनले ताइवानलाई चीनको हिस्सा बताएपछि यसको जवाफ दिइएको छ ।
अर्बपति व्यापारी मस्कको यो बयानपछि ताइवानले ताइवान बिकाऊ नभएको बताएको छ ।
ताइवानका विदेश मन्त्री जोसेफ वुले एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्समा भने, ‘सुन्नुहोस् त, ताइवान चीनको हिस्सा होइन र निश्चित रूपमा यो बिकाऊ पनि होइन ।’
यसै हप्ता एक व्यापारिक सम्मेलनमा एलन मस्कले ताइवानलाई हवाईसँग तुलना गर्दै यसलाई चीनको ‘अभिन्न अङ्ग’ बताएका थिए ।
चीनले ताइवान आफ्नो हिस्सा भएको दाबी गर्छ । यता ताइवानले भने यहाँको सत्ता आफ्नै मानिसहरूको हातमा भएको बताउने गर्छ ।
यो मुद्दामा चीन र ताइवानबीच तनाव लगातार बढिरहेको छ । केही दिन अघि ताइवान आसपासको क्षेत्रमा चीनको वायुसेना र नौसेनाले युद्धाभ्यास गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण