भारतमा नेपाली चेलीको भव्य तीज
भोपाल । भारतमा नेपाली चेलीहरूले भव्य रूपमा तीज कार्यक्रम सम्पन्न गरेका छन् । अखिल भारत नेपाली एकता मञ्च मध्य प्रदेश राज्य समिति अन्तर्गतको नेपाली महिला एकता समितिको आयोजनामा भव्य रूपमा तिज कार्यक्रम सम्पन्न भएको हो ।
यही सेप्टेम्बर १४ मा आयोजित तीज कार्यक्रममा संविधानसभाका अध्यक्ष स्व.सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । साथै दक्षिण कोरियामा सम्पन्न विश्व तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडल जित्ने लक्ष्मण गुरुङलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा सागर गैरे फास्ट फूडका सञ्चालक डोलराज गैरे, जनकल्याण समितिका डोलराज भण्डारी, पशुपतिनाथ नेपाली समाजका विष्णु शर्मा,गणेश पाण्डे,मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका तालबहादुर खड्का, नेजसका लोकमणि घिमिरे, जनकल्याणकी कमला भण्डारी, विष्णुदेवी घिमिरे, मुलप्रवाहकी सोनू थापा, समाजसेवी श्रीमती हीरादेवी अर्याल, इन्दिरा शर्मा, पम्फा गैरे, जीवनारायण घिमिरे, मोहन भाइ एकता मञ्चका तेजबहादुर, किरण राना, मेघराज पन्थ, हरि नारायण गिरी, उमाकान्त डुम्रे, आकाश भट्टराई लगायतको उपस्थिति थियो।

सीता खनालको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य अतिथि संस्थाका केन्द्रीय समिति सचिव नगेन्द्र ढकाल, केन्द्रीय सचिवालय सदस्य लालसिंह परियार, केन्द्रीय सदस्य श्रीमती राधा अर्याल केन्द्रीय सदस्य, ऋषि लुइँटेल, मध्य प्रदेश राज्य समिति अध्यक्ष मोती अर्याल, केन्द्रीय सदस्यहरू दिनेश अधिकारी, रामलाल शर्मालगायतको उपस्थित थियो।
कार्यक्रममा ५ सय नेपालीको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण