रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव, प्रहरीद्वारा हवाई फायर
रौतहट । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
कोपवा बजारमा सिमेन्ट पुर्याएर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना५१ पा ४९४१ को मोटरसाइकललाई ठककर दिदाँ चालक फतुवा बिजयपुर १ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको हो।
तीव्र गतिमा रहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले ट्रकले ब्याक गरेर किच्दा मोटरसाइकल चालकको ज्यान गएको आरोप समेत लगाएका छन् ।
ट्रकको ठक्करबाट यादवको टाउको क्षतविक्षत भएको छ भने मोटराइकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

घटनालगतै ट्रक चालक बारा निजगढ ६ का मुकुन्द पोखरेल माथि स्थानीवासीले हातपात गरेका थिए । पोखरेललाई इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।
झडपमा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले बताए।
झडपमा प्रहरी कार्यालय को झ्यालको सिसा फुटेका छन् भने केही प्रहरी घाइते भएका छन् । ट्रक चालक पोखरेललाई उपचारका लागि वीरगंज अस्पताल पठाइएको प्रहरीले बताएको छ।
घटना भएलगत्तै अपरान्ह ३ बजेदेखि नै मृतकका आफन्तले बन्कुल निजगढ सडकखण्ड अन्तर्गत सन्तपुर दोस्तिया चोकमा शव तेर्साएर बाटो अवरुद्ध गरेका छन्।
उनीहरुले दोषीमाथि कारबाही र क्षतिपूर्तिको मागसहित नारबाजी गरेका छन् । अहिले जिल्ला प्रहरी कार्यालय गौर र सशस्त्र प्रहरी बेस क्याम्पबाट दर्जनौं प्रहरी घटनस्थलमा पुगेका छन् ।
इन्स्पेक्टर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। अहिले पीडित पक्ष र प्रहरी बीच वार्ता भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण