‘बाढी र जमिन कटान रोक्न प्रदेश सरकार प्रतिबद्ध छ’
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङमा बाढी र जमिन कटान रोक्न बबईको करिडोर र देउखुरीमा राप्ती करिडोर निमार्णलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
जिल्ला समन्वय समिति दाङको सातौँ जिल्ला सभामा उनले आर्थिक र भौतिक क्षेत्रको विकास हुन नसक्दा अरु विकास भएर मात्र नहुने बताए ।
उनले भने, “प्रदेश सरकार आर्थिक विकास तथा रोजगारीका लागि काम गर्ने तयारीमा छ, स्थानीय तहहरूले रोजगारी सृजना गर्ने खालका योजना ल्याएर काम गर्न चाहे प्रदेश सरकार सहयोग गर्न तयार छ ।”
अहिले धेरै युवाहरू रोजगारको लागि विदेश जाने लहर चलेको छ भन्दै मुख्यमन्त्री चौधरीले स्थानीय स्तरमा रोजगार दिएर यसलाई रोक्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताए । उनले भने, “भौतिक विकासका लागि धेरै माग रहेको छ, प्रदेश सरकारसँग बजेट सीमित रहेकाले सबैको माग सम्बोधन गर्न सकिएको छैन ।” भौतिक विकासले मात्र देशको विकास नहुने भन्दै नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताए । “प्रदेशभरको स्वास्थ्य क्षेत्रको सुधारका लागि भौतिक पूर्वाधारसँगै अन्य क्षेत्रको काम भइराखेको छ”, मन्त्री खनालले भने ।
सोही अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले जिल्ला समन्वय समितिले प्रभावकारी अनुगमन गर्नुपर्ने बताए । समन्वय समितिसँग दक्ष जनशक्ति नभए पनि विषयगत कार्यालयहरूबाट जनशक्ति माग गरेर भए पनि प्रभावकारी रूपमा अनुगमन गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण