बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेशसभा बैठक मंगलबार दिउँसो ३ बजे बैठक बस्नेछ । बैठकमा प्रदेश सरकारको कार्यभार सम्बन्धमा प्रदेश प्रमुख कार्यालय हेटौँडाबाट प्राप्त पत्र वाचन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
बैठकअघि बसेको कार्य व्यवस्था समितिको बैठकले संसदीय विशेष समितिको प्रतिवेदन पेस गर्ने, विधेयकको दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूची पनि निर्धारण गरेको छ । यस्तै सांसदहरूको आसनको विषयमा पनि सदनमा छलफल हुनेछ ।
सचिवालयका अनुसार मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पेस पेस हुनेछ भने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश हस्तकलाग्रामको स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
विविध शीर्षक अन्तर्गत सत्ता समीकरण परिवर्तनपछि संसदमा दलबाट प्रतिनिधित्व गर्ने सांसदहरूको आसन व्यवस्था मिलाउने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालय हेटौँडाका सभाका सचिव कृष्णहरि खड्काका अनुसार संसद् बैठक फागुन ३० गते बुधवार पनि बस्ने छ । उक्त बैठकमा शून्य समयको कार्यसूची रहेको छ भने विशेष समितिको प्रतिवेदन माथि सभामा छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण