बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

मकवानपुर । बागमती प्रदेशसभा बैठक मंगलबार दिउँसो ३ बजे बैठक बस्नेछ । बैठकमा प्रदेश सरकारको कार्यभार सम्बन्धमा प्रदेश प्रमुख कार्यालय हेटौँडाबाट प्राप्त पत्र वाचन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
बैठकअघि बसेको कार्य व्यवस्था समितिको बैठकले संसदीय विशेष समितिको प्रतिवेदन पेस गर्ने, विधेयकको दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूची पनि निर्धारण गरेको छ । यस्तै सांसदहरूको आसनको विषयमा पनि सदनमा छलफल हुनेछ ।
सचिवालयका अनुसार मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पेस पेस हुनेछ भने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश हस्तकलाग्रामको स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
विविध शीर्षक अन्तर्गत सत्ता समीकरण परिवर्तनपछि संसदमा दलबाट प्रतिनिधित्व गर्ने सांसदहरूको आसन व्यवस्था मिलाउने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालय हेटौँडाका सभाका सचिव कृष्णहरि खड्काका अनुसार संसद् बैठक फागुन ३० गते बुधवार पनि बस्ने छ । उक्त बैठकमा शून्य समयको कार्यसूची रहेको छ भने विशेष समितिको प्रतिवेदन माथि सभामा छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने
-
अभिनेत्री ऋचा घिमिरे अमेरिकन कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त
-
कतारले उपहारमा दिने लग्जरी बोइङ जेट स्वीकार गर्ने तयारीमा ट्रम्प, एयर फोर्स वनको रूपमा नचलाउने
-
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार
-
शक्तिशाली सरकारलाई फेसबुक र एक्सले टेरेनन्ः चार वटा मात्रै सूचीकृत
-
लुम्बिनी प्रदेशको बजेट कार्यान्वयनको अवस्था, अवरोध र समाधान