गैह्रीगाउँ हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा चार जनाको हत्या भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । उनको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ ।
गए राति गैह्रिगाउँ स्थित दिव्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो ।
प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। उक्त मिल दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेका हुन्।
घटनाको सम्बन्धमा प्रहरीले तालिम प्राप्त कुकुर, अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सूक्ष्म अनुसन्धान कार्य जारी रहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण