आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
कविता

बन्द गरौँ बन्दीगृह

शनिबार, ३० भदौ २०८०, १२ : ११
शनिबार, ३० भदौ २०८०

तानाशाहले आफ्ना विरोधीहरूको
आवाज बन्द गर्न बनाएको बन्दीगृह 
नवसामन्तले प्रयोग गर्ने महल भएको छ 
त्यही महलबाट सामन्तहरूले 
फेरि पनि जनताको आवाज 
बन्द गर्नेछन् यहाँ 
त्यसैले त सामन्तले बनाएको 
बन्दीगृह भत्काई देऊ अब । 

चाहिँदैन तिम्रा बन्दीगृहहरू 
लगाऊ श्रम शिविरमा 
बढ्नेछन् माटोको उर्वराशक्ति
बढ्नेछ श्रमका पाइलाहरू 
किन राख्नु बन्दीगृहमा 
खसीलाई दाना खुवाएझैँ गरेर
न त दसैँको खाना मिल्छ बन्दीलाई 
न त कुनै मन्दिरमा पूजा गर्न मिल्छ
त्यसैले भत्काई देऊ बन्दीगृहरू
लगाऊ बन्दीलाई श्रम शिविरमा 
समृद्धिको यात्रा तय हुनेछ नेपालमा । 

मान्छे मारेर कोही बन्दी हुन्छन् यहाँ
कोही अर्काको इज्जत लुटेर
कोही अर्काको सम्पत्ति चोरेर
कोशी देश लुटेर 
हरेक अपराधको एउटा सजाय छ  
केवल बन्दीगृह पठाउने 
राज्यको ढुकुटी प्रयोग गरेर 
उनीहरूको भरण पोषण गर्ने 
यसरी देशको शक्ति दुरुपयोग गरेर 
हामीले किन पाल्ने अपराधीहरूलाई ?

अपराधीको सजाय अव जेलमा होइन
लगाऊ, जमिनको उर्वरा शक्तिमा 
गरौँ प्रयोग श्रम शिविरमा 
सिकाऔँ संस्कृति र संस्कार 
बन्द गरौँ बन्दीगृहहरू 
अनि मात्र हुनेछ देश विकास । 
भोजपुर
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मणिकुमार श्रेष्ठ 'सिजन'
मणिकुमार श्रेष्ठ 'सिजन'
लेखकबाट थप