शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बालबालिकासँग केपी ओली : ‘प्रोफेसरको ढाड भाँच्नेको मुद्दा फिर्ता लिने कुशासन सायद यसभन्दा पहिला थिएन होला’

शनिबार, ३० भदौ २०८०, १४ : ३९
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका प्रोफेसरको ढाड भाँच्ने व्यक्तिको मुद्दा फिर्ता लिएर प्रोत्साहित गरेको बताएका छन् ।   शनिवार काठमाडौँमा भएको बासँग बालबालिका भन्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले दण्डहीनतालाई प्रोत्साहन दिएका कारण अस्पतालमा डाक्टरहरू कुटिएको बताए । 

उनले भने– ‘कसले खुकुरी प्रहार गर्‍यो, कसले प्रोफेसरलाई हान्यो, डाक्टरलाई कसले हान्यो ? मान्छेको अनुहार हेरेर मुद्दा लिँदै नलिने, लिए पनि माफी दिने काम भएको छ । यस्तो खालको कुशासन सायद यसभन्दा पहिला थिएन होला ।’

२०७७ सालमा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको प्रसङ्ग ल्याउँदै सरकारले अपराधका दोषीलाई छुट दिने गरेको बताएका हुन् । 

अध्यक्ष ओलीले कथा सुनाउँदै एकजना राजाको छोराले कुकुरको मासु खाएपछि पण्डितलाई त्यसबारेको सजाय हेर्न लगाउँदा पण्डितले ‘काली कुत्तिम, अति उत्तम’ भनेको प्रसङ्ग उल्लेख गर्दै आफ्नो पार्टीको मान्छे भएपछि  प्रोफेसरको ढाड भाँचे पनि अति उत्तम, डाक्टर कुटे पनि अति उत्तम, ढुङ्गा हाने पनि अति उत्तम भन्ने शासन हुन्छ भन्दै प्रश्न गरेका छन् । 

अहिलेको गठबन्धन दलमा संलग्न भएपछि प्रोफेसर कुटेर उन्मुक्ति पाएको, प्रोफेसरले यो देशमा न्याय पाइन भनेर धरधरी रोएको उल्लेख गर्दै  सरकारले प्रोफेसरको कुरा नसुनी गुन्डाको कुरा सुन्ने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप