केपी ओली भन्छन्- ९० प्रतिशत माथि अंक नल्याउने पनि के शिक्षक हुन्छ ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षाको विकास हुनका लागि दक्ष र सक्षम शिक्षक हुनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा गुणस्तर हासिल गर्नका लागि योग्य शिक्षक हुनुपर्ने बताए ।
शिक्षामा करोडौँ लगानी गरे पनि शिक्षाको स्तर कमजोर भएकोले सरकारले के गर्नुपर्ला भन्ने बालबालिकाको प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष ओलीले आफ्नो अध्ययन विषयमा पर्याप्त ज्ञान भएको र त्यसलाई सम्प्रेषण गर्ने कला पनि उत्कृष्ट भएको व्यक्तिबाट गुणस्तरीय शिक्षा लिन सकिने बताएका हुन् ।
उनले भने– ‘सबै भौतिक सुविधा भए पनि शिक्षकको गुणस्तर राम्रो छैन भने राम्रो पढाई हुन सक्दैन । शिक्षित र तालिमप्राप्त शिक्षक हुनुपर्छ । हाम्रोमा के छ, राम्रा विद्यार्थीहरू डाक्टर पढ्न जाने, इन्जिनियरिङ पढ्न जाने अनि केही भएन भने शिक्षकतिर जाने शिक्षाशास्त्र लिने अवस्था छ । शिक्षा विषय किन लिने भन्दा हेलाँ गरेर लिने विषय हैन । ९० प्रतिशत भन्दा बढी नम्बर नल्याउनेलाई शिक्षा शास्त्र पढ्नै दिनुहुँदैन । नाइन्टी ओभर पर्सेन्टेज नल्याउनेले के शिक्षक भएर काम गर्छ त ?’
शिक्षक छनौटमा हुने व्यक्ति आफ्नो विषयमा बहुप्रतिभाशाली हुनुपर्ने बताउँदै गरिबी लगायतका कारण बालबालिका विद्यालय जान नपाएको अवस्थामा उनीहरूका लागि अवसरको प्रबन्ध गरेर शैक्षिक गुणस्तर बढाउन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण