बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली भन्छन्- ९० प्रतिशत माथि अंक नल्याउने पनि के शिक्षक हुन्छ ?

शनिबार, ३० भदौ २०८०, १५ : १८
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षाको विकास हुनका लागि दक्ष र सक्षम शिक्षक हुनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा गुणस्तर हासिल गर्नका लागि योग्य शिक्षक हुनुपर्ने बताए ।  

शिक्षामा करोडौँ लगानी गरे पनि शिक्षाको स्तर कमजोर भएकोले सरकारले के गर्नुपर्ला भन्ने बालबालिकाको प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष ओलीले आफ्नो अध्ययन विषयमा पर्याप्त ज्ञान भएको र त्यसलाई सम्प्रेषण गर्ने कला पनि उत्कृष्ट भएको व्यक्तिबाट गुणस्तरीय शिक्षा लिन सकिने बताएका हुन् । 

उनले भने– ‘सबै भौतिक सुविधा भए पनि शिक्षकको गुणस्तर राम्रो छैन भने राम्रो पढाई हुन सक्दैन । शिक्षित र तालिमप्राप्त शिक्षक हुनुपर्छ । हाम्रोमा के छ, राम्रा विद्यार्थीहरू डाक्टर पढ्न जाने, इन्जिनियरिङ पढ्न जाने अनि केही भएन भने शिक्षकतिर जाने शिक्षाशास्त्र लिने अवस्था छ । शिक्षा विषय किन लिने भन्दा हेलाँ गरेर लिने विषय हैन । ९० प्रतिशत भन्दा बढी नम्बर नल्याउनेलाई शिक्षा शास्त्र पढ्नै दिनुहुँदैन । नाइन्टी ओभर पर्सेन्टेज नल्याउनेले के शिक्षक भएर काम गर्छ त ?’

शिक्षक छनौटमा हुने व्यक्ति आफ्नो विषयमा बहुप्रतिभाशाली हुनुपर्ने बताउँदै गरिबी लगायतका कारण बालबालिका विद्यालय जान नपाएको अवस्थामा उनीहरूका लागि अवसरको प्रबन्ध गरेर शैक्षिक गुणस्तर बढाउन सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप