५ सय करोडको दौडमा जवान, विश्वभर १ हजार करोड भारु कमाउने अपेक्षा
मुम्बई । शाहरुख खान अभिनीत ‘जवान’ले घरेलु बक्स अफिसमा आफ्नो शानदार प्रर्दशन कायम राखेको छ । पहिलो हप्ता बक्स अफिसमा एकछत्र राज गरेको चलचित्रको दोस्रो हप्ताको अन्त्यमा अझै क्रेज घटेको छैन ।
स्याकनिल्कको रिपोर्ट अनुसार दोस्रो शनिबार चलचित्रले ३१.५० करोड भारु आम्दानी गरेको छ । योसँगै चलचित्रले घरेलु बक्स अफिसमा खुद ४४०.४८ करोड भारु कमाइसकेको छ ।
एट्ली निर्देशित चलचित्रले अब चाँडै ५ सय करोड क्लबमा प्रवेश गर्ने देखिएको छ । जवानले शनिबार हिन्दी बजारमा ३७.२९ प्रतिशत अकुपेन्सी पाएको थियो । धेरै दर्शक रात्रिकालीन शोमा चलचित्र हेर्न गएका थिए ।
तमिल र तेलुगुमा यो दर क्रमशः ३.५१ र २९.४० प्रतिशत रहेको थियो । चलचित्र निर्माता कम्पनी रेड चिलिज इन्टरटेनमेन्टका अनुसार जवानले विश्वभरबाट ७३५.०२ करोड भारु कमाएको छ । आगामी हप्ता चलचित्रले १ हजार करोडको आँकडा पार गर्ने कम्पनीको अपेक्षा रहेको छ ।
यदि घरेलु बजारमा जवानले ५ सय करोड भारु आम्दानी गर्यो भने यो वर्ष यो कोशेढुंगा पार पर्ने यो तेस्रो चलचित्र हुनेछ । बलिउडमा अहिलेसम्म यस्तो कहिले पनि भएको थिएन ।
शाहरुखकै पठानले ५४३.०५ करोड भारु कमाएको थियो भने त्यसपछि रिलिज भएको सनी देओलको गदर–२ ले ५१७.२८ कमाएको थियो ।
यी तीन चलचित्र बाहेक कुनै पनि हिन्दी चलचित्रले आजसम्म घरेलु बक्स अफिसमा ४ सय करोड भारुको कोशेढुंगा पार गरेको थिएन । यसअघि दंगलले ३८७.३८ करोड भारु कमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण