बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बिलबिजक भन्दा फरक सामान बोकेको मिनि ट्रकलाई जरिवाना

आइतबार, ३१ भदौ २०८०, १८ : ५८
आइतबार, ३१ भदौ २०८०

बाँके । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बिलबिजक भन्दा फरक सामान बोकेको गाडीलाई ३ लाख ८ हजार ८ सय ६ रुपैयाँ जरिवाना गरिएको छ । 

भन्सार मूल्याङ्कन भन्दा कम र बिलबिजक भन्दा बढी सामान भेटिएकोले सो गाडीलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले जरिवाना गरेको हो । 

भारतको उत्तर प्रदेश जिल्ला बहराईच ठानडाई बस्ने ५३ वर्षीय राजित रामलाई नं. ३० बागेश्वरी गण बाँकेले भाद्र २५ गते यूपी ४० टि ७५७५ नम्बरको पिकअप गाडी र बिलबिजक भन्दा फरक हार्डवयरका सामानसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप