बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

आइतबार, ३१ भदौ २०८०, २० : २८
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ ।  कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव,  प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यवाहक प्रमुख सहभागी थिए  । 

छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सुरक्षा निकाय प्रमुखसँग  देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका छन् ।

खड्काले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा सामाजिक सद्भाव खलबलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए । साथै बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने व्यवस्था मिलाउन, कालोबजारी र कृत्रिम अभाव तथा मूल्य वृद्धि हुनै नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न निर्देशन दिए ।

नेपालीहरुका महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाई समेत थप प्रभावकारी बनाउँदै कहिकतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न निर्देशन दिए ।

सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा सामाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकोले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिए ।

कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको  छलफलका क्रममा राजनीतिक र आपराधिक घटनाहरु समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा आपराधिक गतिविधि हुन सक्ने कुरामा ध्यान दिन निर्देशन दिए ।

छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा  जानकारी गराएका थिए ।

यस्तै आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेट गरे ।

राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर कार्यवाहक प्रधानमन्त्री खड्काले देशको समसामयिक विषयमा  राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी  गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप