चिनियाँ विदेशमन्त्रीले युक्रेन युद्धबारे रुसी समकक्षीसँग वार्ता गर्ने
सोमबार, ०१ असोज २०८०, ११ : ०९
मस्को । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार रुसी समकक्षी सर्गेई लभारोभसँग भेटवार्ता गर्ने भएका छन् । विदेशमन्त्री यी आज रुसको भ्रमणमा निस्किएका हुन् ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार यी सेप्टेम्बर १८ देखि २१ सम्म रुसको भ्रमणमा रहनेछन् । गत हप्ता रुसको विदेश मन्त्रालयले पनि एक वक्तव्य जारी गर्दै दुई नेताबीच दुई पक्षीय सहकार्यका विभिन्न पक्ष तथा युक्रेनको समस्या समाधानका विषयमा छलफल हुने बताएको थियो ।
उत्तर कोरिया नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता लगत्तै मन्त्री यी रुस जान लागेका हुन् ।
अमेरिकाले मस्को र प्योङयाङबीच हतियार उपलब्ध गराउने विषयमा छलफल भएको आशङ्का व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण