बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्रीले युक्रेन युद्धबारे रुसी समकक्षीसँग वार्ता गर्ने

सोमबार, ०१ असोज २०८०, ११ : ०९
सोमबार, ०१ असोज २०८०

मस्को । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार रुसी समकक्षी सर्गेई लभारोभसँग भेटवार्ता गर्ने भएका छन् । विदेशमन्त्री यी आज रुसको भ्रमणमा निस्किएका हुन् ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार यी सेप्टेम्बर १८ देखि २१ सम्म रुसको भ्रमणमा रहनेछन् । गत हप्ता रुसको विदेश मन्त्रालयले पनि एक वक्तव्य जारी गर्दै दुई नेताबीच दुई पक्षीय सहकार्यका विभिन्न पक्ष तथा युक्रेनको समस्या समाधानका विषयमा छलफल हुने बताएको थियो ।

उत्तर कोरिया नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता लगत्तै मन्त्री यी रुस जान लागेका हुन् । 

अमेरिकाले मस्को र प्योङयाङबीच हतियार उपलब्ध गराउने विषयमा छलफल भएको आशङ्का व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप