संविधान कार्यान्वयनमा देखिएका त्रुटि तत्काल सच्याउनु पर्छ: संविधानविद् आचार्य
काठमाडौँ । संविधानविद् एवं पूर्व राजदूत नीलाम्बर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटिलाई तत्काल सच्याउनुपर्ने बताएका छन् ।
आचार्यले नेपालको संविधान कार्यान्वयनमा बाटो बिराएको उल्लेख गर्दै संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् । मंगलबार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले सबैको भावनालाई समेटेर संविधान कार्यान्वयनको पाटोलाई सही बाटोमा ल्याउन सक्ने क्षमता भएका सुवास नेम्वाङको निधनले ठुलो क्षति पु र्याएको बताए ।
उनले नेम्वाङकै कारण दोस्रो संविधान सभाले नेपालको संविधान निर्माण गर्न सकेको दाबी समेत गरे । संविधानविद् आचार्यले नेम्वाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानूनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने बताए । उनले नेम्वाङले अरुको दबाब, प्रभावको प्रवाह नगरी संविधान निर्माणमा योगदान गरेको पनि बताए ।
उनले भने, ‘देशका सबै पार्टीहरुले आफ्ना निकटम मित्र गुमाएको अनुभव गरेका छन् भन्ने कुरा यस बीचका दिनहरूले देखाइसकेका छन् । सुवासजी एमालेका नेता हुनुहुन्थ्यो । तर साथसाथै नेपाली राजनीतिका पनि बहुतै प्रतिष्ठित, सम्मानित सबैले रुचाएका प्रिय व्यक्ति पनि हुनुहुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण