मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वमा शान्ति र स्थायित्व चीन–अमेरिकाको साझा जिम्मेवारी : राष्ट्रपति सी

मङ्गलबार, ०२ असोज २०८०, १५ : २१
मङ्गलबार, ०२ असोज २०८०

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा शान्ति, स्थायित्व र विकासको महत्त्वपूर्ण जिम्मेवारी चीन र अमेरिकाको साझा भएको बताएका छन् । सिनो–अमेरिकन एभिएनस हेरिटेज फाउन्डेसनका जेफरी ग्रिनी र फ्लाइङ टाइगर्सका ह्यारी मोयर र मेल म्याकलेनको पत्रको जवाफ दिँदै राष्ट्रपति सीले सो कुरा बताएका हुन् ।

ग्रिन, मोयर र म्याकलेनले हालै राष्ट्रपति सीलाई पत्र लेख्दै चीन–अमेरिका सहकार्यको अमूल्य आध्यात्मिक धनलाई अघि बढाउन आफूहरू तयार रहेको बताएका थिए । जवाफमा सीले फ्याइङ टाइगरको भावना चिनियाँ र अमेरिकी नागरिकको नयाँ पुस्तामा हस्तान्तरण हुने आशा व्यक्त गरे ।

इतिहासलाई सम्झँदै राष्ट्रपति सीले चीन र अमेरिकाका नागरिक सँगै मिलेर जापानी फासिजमविरुद्ध लडेको र कठिन समयबाट गुज्रिँदै राम्रो मित्रता कायम गरेको जिकिर गरे । भविष्यबारे चर्चा गर्दै राष्ट्रपति सीले दुई महान् शक्ति राष्ट्रहरूले आपसी सम्मान, शान्तिपूर्ण अस्तित्व र दुवै पक्षको जीत हुने सहकार्यलाई हासिल गर्नुपर्नेमा जोड दिए ।

चीन र अमेरिकाको सम्बन्धको आशा र आधार जनतामा निहित भएको र भविष्यको दुई पक्षीय सम्बन्ध युवामा आधारित हुने पनि बताए ।–सीजीटीएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप