आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राजधानीको बाइसधारामा माओवादीको सरसफाइ अभियान

मङ्गलबार, ०२ असोज २०८०, १५ : ५०
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सोमबार राजधानीको बालाजु बाइसधारामा माओवादीले सरसफाइ अभियान चलाएको छ । माओवादी स्थायी समिति सदस्य अमृता थापा मगरको नेतृत्व तथा केन्द्रीय सदस्य जन्मदेव जैसीको संयोजनमा बाइसधाराको पार्क र माथिल्लो पिकनिक स्पट एरियामा करिब ३ घण्टा सरसफाइ अभियान गरिएको हो । 

सो क्रममा थापामगरले जनतासँग रूपान्तरण हुनु भनेको जनताका समस्या र सरोकारका विषयमा जोडिएर मात्र सम्भव हुने बताइन् । 

केन्द्रीय सदस्य जैसीले जनसरोकारका विषय उठाएर मात्र रूपान्तरण सम्भव भएकाले जनताका पिर मर्का र मुद्दाका लागि संघर्षशील हुनु नै वास्तविक रूपान्तरण हुने बताए । “जनताले माओवादी विग्रेपनि फेरि सच्चिन्छौँ भनेर आएपछि हामीले साथ दिनुपर्छ भनेका छन् तर हामी जनभावना अनुसार रूपान्तरण हुनै पर्छ पटक पटक जनताले विश्वास गर्दैनन् यसपल्टको अभियानबाट हामी सच्चिन्छौँ भन्नेमा व्यवहारबाटै विश्वस्त पार्नु हाम्रो कर्तव्य हो,” जैसीले भने ।

379645216_851302999905831_6971606518101390792_n

अभियानमा प्रदेश सचिवालय सदस्यहरू रुपेश शिलवाल, नवराज दाहाल, श्याम श्रेष्ठ, प्रदेश सदस्य प्रेम श्रेष्ठ, उद्यमी व्यवसायी महाशाखा अध्यक्ष, अम्बिर गुरुङ, बुद्धिजिवी केन्द्रीय सदस्य डा. बद्री पौडेल, खेलकुद परिषद् सदस्य सम्राट्, कामनपा निर्वाचन क्षेत्र ७ क प्रदेश अध्यक्ष सुजन लामा, देवेन्द्र श्रेष्ठ, महानगर अध्यक्ष राजेश लामा, उपाध्यक्ष कुलबहादुर महर्जन, महानगर सदस्य कविता बस्नेत श्रेष्ठ, सिर्जना घिमिरे, नेवा मोर्चा जिल्ला अध्यक्ष धर्मदेव महर्जन, मजदुर नेता रामजी मण्डल, पार्टी वडा इन्चार्ज उपेन्द्र श्रेष्ठ, अध्यक्ष सुदन थापा, सचिव सुजता थापामगरलगायत पार्टी सदस्य र विद्यार्थीका जिल्ला इन्चार्जसहित जिल्ला सदस्य,  र स्थानीय जनताको उल्लेखनीय सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप