आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

बुधबार, ०३ असोज २०८०, ०६ : ०३
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । हाल मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिकदेखि  सामान्य  बदली रहनेछ ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा    चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। 

आज राति भने  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेस,  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  केही  स्थानहरूमा र  देशका  बाँकी  भूभागका   थोरै    स्थानहरूमा  चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । गण्डकी प्रदेशको    एक–दुई  स्थानमा  चट्याङ्ग सहित  भारी वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप