गोलकिपरको गोलमा रोकियो एट्लेटिको
लाजियो । गोलकिपर इभान प्रोभेडेलले खेलको ९५ औँ मिनेटमा बराबरी गोल फर्काउँदा लाजियोले एट्लेटिको मड्रिडलाई बराबरीमा रोक्न सफल भएको छ । च्याम्पियन्स लिग अन्तरगत समूह ई को खेल १–१ को बराबरीमा सकिएको हो ।
खेलमा मात्र केही सेकेन्ड बाँकी छँदा गोलकिपर प्रोभेडेलले लुइस अल्बर्टोको क्रममा हेडमार्फत गोल गर्दै एट्लेटिकोबाट जीत खोसेको थिए । च्याम्पियन्स लिगमा गोल गर्ने उनी मात्र चौथो गोल किपर हुन् । यसअघि जोर्ज बट, सिनान बोलाट र भिन्सेन्ट इनयेमाले प्रतियोगतामा गोल गर्न सफल भएका थिए ।
पहिलो हाफमा पाब्लो बारिओसले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसपछि अल्भारो मोराटाको प्रहार पोस्टमा लागेको थियो भने प्रोभेडेलले एट्लेटिकोका थुप्रै प्रहार विफल बनाएका थिए ।
समूहको अन्य खेलमा फेयेनुर्डले सेल्टिकलाई २–० गोलले हराउँदै । जीतसँगै फेयेनुर्ड समूहको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण