आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

गोलकिपरको गोलमा रोकियो एट्लेटिको

बुधबार, ०३ असोज २०८०, ०९ : ४७
बुधबार, ०३ असोज २०८०

लाजियो । गोलकिपर इभान प्रोभेडेलले खेलको ९५ औँ मिनेटमा बराबरी गोल फर्काउँदा लाजियोले एट्लेटिको मड्रिडलाई बराबरीमा रोक्न सफल भएको छ । च्याम्पियन्स लिग अन्तरगत समूह ई को खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलमा मात्र केही सेकेन्ड बाँकी छँदा गोलकिपर प्रोभेडेलले लुइस अल्बर्टोको क्रममा हेडमार्फत गोल गर्दै एट्लेटिकोबाट जीत खोसेको थिए । च्याम्पियन्स लिगमा गोल गर्ने उनी मात्र चौथो गोल किपर हुन् । यसअघि जोर्ज बट, सिनान बोलाट र भिन्सेन्ट इनयेमाले प्रतियोगतामा गोल गर्न सफल भएका थिए ।

 पहिलो हाफमा पाब्लो बारिओसले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसपछि अल्भारो मोराटाको प्रहार पोस्टमा लागेको थियो भने प्रोभेडेलले एट्लेटिकोका थुप्रै प्रहार विफल बनाएका थिए ।

समूहको अन्य खेलमा फेयेनुर्डले सेल्टिकलाई २–० गोलले हराउँदै । जीतसँगै फेयेनुर्ड समूहको शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप