फेलिक्स चम्किँदा बार्सिलोनाको गोल वर्षा
क्याम्प नाउ । जोआओ फेलिक्सले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गर्दा बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रोयल एन्ट्रपमाथि सहज जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना ५–० गोलले विजयी बनेको हो ।
खेलको २३ मिनेट भित्र नै बार्सिलोनाले ३–० को अग्रता बनाइसकेको थियो । ११ औँ मिनेटमा फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १९ औँ मिनेटमा उनले रोबर्ट लेवान्डोस्कीका लागि गोलको अवसर सिर्जना गरे । च्याम्पियन्स लिगमा लेवान्डोस्कीको ९२ औँ गोल थियो । लगत्तै जेले बाटिलेले आत्मघाती गोल गरेका थिए ।
दोस्रो हाफमा लेवान्डोस्कीले गाभीका लागि गोलको अवसर सिर्जना गरे । ६६ औँ मिनेटमा फेलेक्सले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई शानदार जीत दिलाए ।
गत सिजन बेल्जियन लिग जित्दै पहिलोपटक च्याम्पियन्स लिग खेलेको एन्ट्रप बार्सिलोनाको आक्रामक खेलसामु निरिह बनेको थियो । समूह एचकै अन्य खेलमा पोर्टोले शाख्तार डोनेस्कलाई ३–१ ले हरायो । पोर्टो र बार्साको समान ३ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण