बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

फेलिक्स चम्किँदा बार्सिलोनाको गोल वर्षा

बुधबार, ०३ असोज २०८०, १० : १९
बुधबार, ०३ असोज २०८०

क्याम्प नाउ । जोआओ फेलिक्सले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गर्दा बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रोयल एन्ट्रपमाथि सहज जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना ५–० गोलले विजयी बनेको हो ।

खेलको २३ मिनेट भित्र नै बार्सिलोनाले ३–० को अग्रता बनाइसकेको थियो । ११ औँ मिनेटमा फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १९ औँ मिनेटमा उनले रोबर्ट लेवान्डोस्कीका लागि गोलको अवसर सिर्जना गरे । च्याम्पियन्स लिगमा लेवान्डोस्कीको ९२ औँ गोल थियो । लगत्तै जेले बाटिलेले आत्मघाती गोल गरेका थिए ।

दोस्रो हाफमा लेवान्डोस्कीले गाभीका लागि गोलको अवसर सिर्जना गरे । ६६ औँ मिनेटमा फेलेक्सले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । 

गत सिजन बेल्जियन लिग जित्दै पहिलोपटक च्याम्पियन्स लिग खेलेको एन्ट्रप बार्सिलोनाको आक्रामक खेलसामु निरिह बनेको थियो । समूह एचकै अन्य खेलमा पोर्टोले शाख्तार डोनेस्कलाई ३–१ ले हरायो । पोर्टो र बार्साको समान ३ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप