समयमै अस्पताल नपुर्याउँदा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
बाँके । सर्पदंशबाट गम्भीर बिरामी बर्दिया बाँसगढी नगरपालिका–३ उत्तरभकारी निवासी पाँच वर्षीय बालक जय थारुको मङ्गलबार अस्पताल पुग्न नपाउँदै मृत्यु भयो ।
जयलाई घरको आगमनमा गोमन सर्पले डसेको थियो । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदा ती बालकको मृत्यु भइसकेको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख सर्पदंश विज्ञ डा कृष्ण आचार्यले जानकारी दिए । “ती बालकलाई निकै विषालु गोमन सर्पल डसेको रहेछ, अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो”, डा आचार्यले भने, “अस्पताल ल्याउन ढिलाइ भएका कारण बिरामीको उपचार गर्न सकिएन ।”
यो वर्षको वैशाखदेखि भदौसम्म पाँच महिनामा भेरी अस्पतालमा उपचारका लागि पु¥याएकामध्ये बाटोमै छ जनाको मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पताल पु¥याएको डा आचार्यले बताए ।
उनका अनुसार पाँच महिनाको अवधिमा भेरी अस्पतालमा चार सय २० जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । सर्पदंशबाट उपचारकै क्रममा यो अवधिमा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ । अहिले एक वार्ड र एक आइसियुमा गरी दुईजना सर्पदंशका बिरामी भेरी अस्पतालमा उपचाररत रहेका छन् ।
डा आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पु¥याए बिरामीको ज्यान जोगिने बताए ।
सर्पले टोकेमा गाउँटोलकै धामी, झाँक्री, गुरुवा वा अरु परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने अस्पतालमा ल्याउन उनको सुझाव छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले ८० प्रतिशत बिरामी अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण