सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण
काठमाडौं । साहित्यकार सागर खड्काको पहिलो औपन्यासिक कृति ‘राइपाली भन्ज्याङ’ लोकार्पण भएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा बुधबार आयोजित विशेष कार्यक्रममा लेखक बुद्धिसागर, लेखक दुर्गा कार्की र लेखक सागर खड्काले पुस्तक लोकार्पण गरे ।
साहित्यकार बुद्धिसागरले पुस्तक राइपाली भन्ज्याङ कथा एवम् उपकथाहरु जोडिएर बनेको विशेष उपन्यास बनेको बताए ।
यस्तै लेखक तथा अधिवक्ता दुर्गा कार्कीले उपन्यासको कथा मथिंगल रन्थनाउने किसिमको रहेको टिप्पणी गरिन् । ‘यो उपन्यासको सबैभन्दा सशक्त पक्ष भाषा हो, यो उपन्यास एकदमै सरल लाग्यो,’ उनले भनिन्, ‘यसमा मौलिक भाषाका साथै उत्कृष्ट बिम्ब प्रयोग गरिएका छन् । लेखन पनि दृश्यात्मक छ ।’
सागर खड्काको भाषा जादुयी रहेको र यही जादुको सम्मोहनमा परेर नै आफ्नो प्रकाशन गृहले खड्काको उपन्यास प्रकाशन गरेको फाइनप्रिन्टका अजित बरालले बताए ।
कार्यक्रममा लेखक खड्काले राइपाली भञ्ज्याङ लेखन यात्रा स्मरण गरे । पुस्तक लेख्न चार वर्ष लागेको र यसबीचका उतारचढावबारे उनले आफ्ना सम्झना सुनाए । लेखन यात्रा सुरु गर्दादेखि अहिले पुस्तकका रुपमा आइसक्दा पुस्तकले आफूलाई नयाँ संसारमा लगेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले लेखक सागर खड्कालाई बधाई र शुभकामना दिए । राइपाली भन्ज्याङ दुई बालसखा बुद्धि र कुसुमको प्रेमकथा भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण