शिक्षकहरूद्वारा काठमाडौँ महानगरको निर्देशन अवज्ञा, आन्दोलनमै जाने निर्णय
काठमाडौँ । शिक्षकहरूले काठमाडौँ महानगरपालिकाको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् । उनीहरुले बन्द हड्तालमा नजान काठमाडौँ महानगरले गरेको उर्दीको अवज्ञा गर्दै आन्दोलनमै जाने निर्णय गरेका हुन् ।
बुधबार बसेको महानगरभित्रका ८४ जना प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिने र महानगरको उर्दीको अवज्ञा गरेर जाने निर्णय गरेको हो ।
काठमाडौँ महानगरले विद्यालय बन्द नगर्न चेतावनी दिएको बेला उनीहरूले आन्दोलनमा जाने निर्णय गरेका छन् । पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले आन्दोलनमै जाने निर्णय गरिएको बताए । महानगरभित्रका ८४ जना प्रधानाध्यापककै हस्ताक्षरसहित निर्णय गरेर आन्दोलनबाट पछि नहट्ने निर्णय भएको उनले जानकारी दिए ।

काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १ हजार ८०० शिक्षक छन् । उनीहरूले आन्दोलन हुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । आन्दोलनका कारण जति दिन विद्यालय बन्द गरियो त्यति दिन बिदाको समयमा पठनपाठन गरिने प्रधानाध्यापक गौतमले बताए ।
महानगरले बुधबारै एक विज्ञप्ती जारी गर्दै बन्द गरेर पठनपाठन प्रभावित गरेको खण्डमा त्यस्ता शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । तर, शिक्षक कर्मचारीहरूले महानगरले गर्ने कारबाहीको बेवास्ता गर्दै आन्दोलनलाई नै निरन्तरता दिने निर्णय गरेका छन् । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण