बालेन शाहले भने-विद्यालय शिक्षा विधेयक ल्याउनु संविधान विपरीत
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहले संघीय सरकारले विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेको बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै शाहले संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गर्नुका साटो विद्यालय शिक्षा विधेयक ल्याएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन’ उनले लेखेका छन् ।
स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराए ।
यतिभन्दा पनि शिक्षकहरूले विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउन आग्रह गरेका छन् । यस्तो अवरोध गरेको खण्डमा कानुन अनुसार कारबाही गरिने चेतावनी दिए ।
उनले शिक्षा विधेयकमा आफ्नो असहमति रहेको बताए । काठमाडौँ महानगरमा २ लाख ५० हजार विद्यार्थी तथा १० हजारभन्दा बढी शिक्षक रहेको बताए ।
आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको बताए । काठमाडौँ शिक्षा नीति र जुम्लाको शिक्षा नीति र आवश्यकता फरक फरक हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण