बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१३ वर्षपछि काठमाडौँ विश्वविद्यालयमामा युवा एकता महोत्सव

बुधबार, ०३ असोज २०८०, २२ : ४०
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । १३ वर्षपछि काठमाडौँ विश्वविद्यालयमा दोस्रो संस्करणको युवा एकता महोत्सव सुरु भएको छ । राष्ट्रियता, समावेशिता तथा विद्यार्थी एकताको मूल नारासहित विद्यार्थीको समग्र विकास गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको युथ सोलिडारटीले जनाएको छ । 

भदौ १२ सम्म सञ्चालन हुने महोत्सवमा बास्केटबल प्रतियोगिता समापन  भइसकेको छ । यसैगरी असोज ४, ५ र ६ गते अन्तरकलेज ब्याण्ड प्रतियोगिता, चलचित्र तथा नाटक प्रदर्शनीलगायतका प्रतियोगिता आयोजना हुने तय भएको आयोजकको भनाइ छ । साथसाथै  कला प्रदर्शनी पनि यही तीनदिन भित्र समापन गरिने जनाइको छ । 

यसैगरी साहित्य महोत्सव असोज ११ र १२ हुने छ। युवा एकता महोत्सवको उद्देश्य नेपाली विद्यार्थीलाई आफ्नै देशमा केही गर्न उत्प्रेरित गर्नु भएको जनाइएको छ ।  सन्  २०१० मा तत्कालीन राष्ट्रिपति राष्ट्रपति रामवरण यादवले उद्घान गरेको महोत्सवको यो दोस्रो संस्करण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप