१३ वर्षपछि काठमाडौँ विश्वविद्यालयमामा युवा एकता महोत्सव
काठमाडौँ । १३ वर्षपछि काठमाडौँ विश्वविद्यालयमा दोस्रो संस्करणको युवा एकता महोत्सव सुरु भएको छ । राष्ट्रियता, समावेशिता तथा विद्यार्थी एकताको मूल नारासहित विद्यार्थीको समग्र विकास गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको युथ सोलिडारटीले जनाएको छ ।
भदौ १२ सम्म सञ्चालन हुने महोत्सवमा बास्केटबल प्रतियोगिता समापन भइसकेको छ । यसैगरी असोज ४, ५ र ६ गते अन्तरकलेज ब्याण्ड प्रतियोगिता, चलचित्र तथा नाटक प्रदर्शनीलगायतका प्रतियोगिता आयोजना हुने तय भएको आयोजकको भनाइ छ । साथसाथै कला प्रदर्शनी पनि यही तीनदिन भित्र समापन गरिने जनाइको छ ।
यसैगरी साहित्य महोत्सव असोज ११ र १२ हुने छ। युवा एकता महोत्सवको उद्देश्य नेपाली विद्यार्थीलाई आफ्नै देशमा केही गर्न उत्प्रेरित गर्नु भएको जनाइएको छ । सन् २०१० मा तत्कालीन राष्ट्रिपति राष्ट्रपति रामवरण यादवले उद्घान गरेको महोत्सवको यो दोस्रो संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण