विश्वकप क्रिकेटको आधिकारिक गीतमा रणवीर सिंह मुख्य भूमिकामा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी एकदिवसीय विश्वकप क्रिकेटका लागि तयार पारिएको आधिकारिक ‘विश्वकप गीत’ सार्वजनिक गरेको छ । आईसीसीले आफ्नो ट्वीटरमार्फत ‘विश्वकप गीत’ को भिडियो सार्वजनिक गरेको हो ।
‘विश्वकप गीत’ को भिडियोमा बलिउड नायक रणवीर सिंह मुख्य भूमिकामा देखिएका छन् । रणवीर सिंहसँगै धनाश्री वर्मा र गौरव तनेजा पनि ‘विश्वकप गीत’ को भिडियोमा देखिएका छन् । धनाश्री वर्मा चर्चित भारतीय क्रिकेट युजवेन्द्र चाहलकी पत्नी हुन् ।
यसैगरी गौरव तनेजा चर्चित यूट्यूबर हुन् । ‘दील जस्न बोले’ नामको उक्त ‘विश्वकप गीत’ को कम्पोज प्रितमले गरेका हुन् । ‘विश्वकप गीत’ मा प्रितम, नकास अजिज, श्रीरामा चन्द्रा, अमित मिश्रा, जोनिता गान्धि, अकासा र चरणले आफ्नो श्वर दिएका छन् ।
आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका खेलहरू विभिन्न १० वटा रंगशालामा खेलाइने छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्ल्याण्ड र साबिक उपविजेता न्युजिल्याण्ड बीच खेलिने छ ।
DIL JASHN BOLE! #CWC23
— ICC (@ICC) September 20, 2023
Official Anthem arriving now on platform 2023 📢📢
Board the One Day Xpress and join the greatest cricket Jashn ever! 🚂🥳
Credits:
Music - Pritam
Lyrics - Shloke Lal, Saaveri Verma
Singers - Pritam, Nakash Aziz, Sreerama Chandra, Amit Mishra, Jonita… pic.twitter.com/09AK5B8STG
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण