विद्यालय बन्द गराएकोप्रति व्यवस्थापन समिति महासंघको आपत्ति
काठमाडौँ । विद्यालय बन्द गराएकोप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आपत्ति जनाएको छ । आफ्नो पेसागत अधिकारको माग राख्दै शिक्षकहरूको आन्दोलनका कारण विद्यालय भएकोप्रति महासंघले आपत्ति जनाएको हो ।
शिक्षक कर्मचारीहरूले उठान गरेका मागहरूप्रति सम्मान र समर्थन गर्दै विद्यालय बन्द गराएको प्रति आपत्ति जनाएको हो । महासंघ अध्यक्ष गुणराज मोक्तानले एक विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त शिक्षकको पेसागत अधिकार सुनिश्चित गर्न र शिक्षण पेसालाई सम्मानित, मर्यादित र आकर्षक बनाउन शिक्षकहरूले उठाउँदै आएका न्यायोचित माग प्रति सम्मान र समर्थन रहेको महासंघले जनाएको हो ।,
आफ्ना माग पुरा गराउन गरिएको विद्यालय बन्दको कार्यक्रममा आफूहरूको असहमति रहेको जनाएको हो ।
अनिश्चितकालसम्मको विद्यालय बन्दका कारण करिब ८० लाख बालबालिकाको सिकाई अवरुद्ध भएको डेढ करोड भन्दा बढी अभिभावक चिन्तित बनेको महासंघको भनाई छ ।
शिक्षकहरूले अघि सारेका मागहरू समेत तत्काल सम्बोधन गर्न सरकारसमक्ष माग गरे । बालअधिकार महासन्धीको धारा २८, नेपालको संविधानद्वारा प्रदत्त बालबालिकाको मौलिक हक, बाल अधिकार सम्बन्धी ऐन २०७५, विद्यालय शान्ति क्षेत्र सम्बन्धी राष्ट्रिय प्रतिबद्धता समेतलाई मनन गरी विद्यालय बन्दको विकल्पमा रचनात्मक आन्दोलन र वार्ता मार्फत समस्या समाधान गर्न महासंघले माग गरेको छ ।
बालबालिकाको शैक्षिक अधिकारलाई खेलबाड नगर्न सरकार र आन्दोलनरत दुवै पक्षसँग माग गरेको छ । आम अभिभावक र समुदाय मौन रहन नसक्ने समेत चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण