शिक्षक आन्दोलनले मकवानपुरका सामुदायिक विद्यालय ठप्प, तस्बिरहरू
हेटौँडा। विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू आन्दोलनमा उत्रिँदा मकवानपुरका सामुदायिक विद्यालयहरू ठप्प भएका छन् । सरकारले प्रतिनिधिसभामा पेस गरेको विधेयकको विरोधमा शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि पठनपाठन ठप्प भएको हो ।
शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पुरा गर्न दबाब दिइरहेका छन् । महासङ्घले सामुदायिक विद्यालयका अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।
मकवानपुरमा सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरू शिक्षा विधेयकको विरोधमा आन्दोलनका लाग काठमाडौँ पुगेका छन् । उनीहरू बुधबारदेखि नै काठमाडौँमा आन्दोलनरत रहेका छन् । आन्दोलनका कारण मकवानपुरको सम्पूर्ण सामुदायिक विद्यालयहरू सुनसान नबनेका छन् । बिहीबार बिहान १०ः३० बजे हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालय पुग्दा मूल गेट खुला देखिन्थ्यो । गेटमा न कुनै सुरक्षा गार्ड थिए, न त विद्यालयका शिक्षक वा कर्मचारी । सो विद्यालयको मूल गेट खुले पनि अधिकांश कक्षा कोठाहरू बन्द थिए ।
_TYsRjwBKHV.jpg)
त्यस्तै बिहीबार बिहान हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयको मूल गेटमा नै ताल्चा झुन्ड्याइएको थियो । सो विद्यालयको मूल गेट नै बन्द भएकाले त्यहाँ न कोही कर्मचारी थिए न सुरक्षामा खटिएका प्रतिनिधि । सो विद्यालयका प्रधानाध्यापक नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल हुन् । उनको नेतृत्वमा सम्पूर्ण शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ पुगेका छन् ।
यता हेटौँडा–९ को प्रगति माध्यमिक विद्यालयमा केही शिक्षकहरू भेटिए । उनीहरू पनि आन्दोलनका कारण विद्यालय बन्द गरेर घर फर्किने तरखरमा देखिएका थिए । विद्यालयमा भेटिएकी एक शिक्षिकाका अनुसार शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द गरिएको र अधिकांश शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ पुगेका छन् । तपाईँहरू चाहिँ किन नजानुभएको भन्ने प्रश्नमा उनले भनिन् ‘हामी काठमाडौँ पुग्ने अवस्था भएन र आन्दोलनमा ऐक्यबद्धता रहेको छ । हामी आन्दोलनमा सघाउन विद्यालय बन्द गरेर घर फर्किने तयारीमा रहेका छौँ ।’
_nsklxPygv2.jpg)
हेटौँडा–८ को चन्द्रोदय माध्यमिक विद्यालय पनि बिहीबार बिहान सुनसान थियो । विद्यालयको मूल गेट खुला थियो भने अन्य सबै कक्षा कोठा बन्द थिए । विद्यालय बन्द भएकाले विद्यार्थी भेटिने अवस्था रहने कुरै भएन । विद्यालयको प्राङ्गण भित्रको चौतारीमा एक शिक्षिका शीतल ताप्दै थिइन् । उनका अनुसार विद्यालय पूर्णरुपमा बन्द गरिएको र शिक्षकहरू आन्दोलनमा होमिएका छन् । विद्यालयको फोटो खिच्ने क्रममा उनले भनिन्, ‘सरकारले शिक्षक र शिक्षाको कुरा राम्रो संग बुझ्न सकेन । सरकारले बनाउने कानुनमा शिक्षकको हक अधिकार माथि हस्तक्षेप भएको छ । त्यसलाई सुधार गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
_hNMtUqgrft.jpg)
हेटौँडा–५ को बाल ज्योति माध्यमिक विद्यालयको पठनपाठन बन्द थियो । गेट खुला थियो भने केही कर्मचारीहरू भेटिए । उनीहरू पनि आफ्नै काममा दौडधुप गरिरहेका थिए । विद्यालयका सबै कक्षा बन्द थियो । हेटौँडा–४ को आधुनिक माध्यमिक विद्यालयको प्रांगणमा शिक्षकहरू गफ गर्दै गर्दा भेटिए । विद्यालयको प्राङ्गणमा रहेको रुखको छहारीमा बसेका उनीहरू छलफलमा थिए भने विद्यालयको प्रशासन र कक्षा कोठा सबै बन्द थिए भने मूल गेटमा एक जना सुरक्षा गार्ड तैनाथ थिए ।
-(1)_8asVwls644.jpg)
हेटौँडा–४ भुटनदेवी माध्यमिक विद्यालय ९प्राविधिक शिक्षालय०को सुरक्षाका लागि गेटमा सुरक्षा गार्ड थिए । उनी भित्रबाट गेट बन्द गरेर बसिरहेका थिए भने विद्यालयमा अन्य कुनै कर्मचारी देखिएका थिएनन् । विद्यालयको सबै कक्षा कोठाहरू बन्द थिए भने प्रशासन पनि ठप्प थियो । विद्यालयको नर्सिङ कक्षमा पनि ताल्चा लगाइएको थियो ।
गत वर्षको तथ्याङ्कअनुसार मकवानपुरका ५११ सामुदायिक विद्यालयहरूमा २ हजार ८०० शिक्षकहरू कार्यरत रहेका छन् भने ६०० को हाराहारीमा प्रशासनिक र अन्य सहायक स्तरका कर्मचारी रहेका छन् । ती विद्यालयहरूमा १ लाख १८ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।
_ITRtzQK30Q.jpg)
_o685AlQuPB.jpg)
_9SxYU4wIRB.jpg)
_KHcRT3ONOU.jpg)
_xjxaZpBRSs.jpg)
_EwivvxYlLB.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण