इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
काठमाडौँ । सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधान सेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । नयाँ दिल्लीमा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने तेह्रौँ संस्करणको इन्डो–प्यासिफिक आर्मिज् चिफ कन्फरेन्स (आईपीएसीसी) मा सहभागिताका लागि उनी असोज ७ गते भारत प्रस्थान गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।
आईपीएसीसीको सम्मेलनकै क्रममा आयोजना हुने ४७ औँ इन्डो-प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनारमा उपरथी योगराज शर्मा र महासेनानी वसन्त बहादुर गौतम सहभागी हुनेछन् भने नवौँ सिनियर इनलिस्ट लिडर फोरममा सहभागी हुन सेना प्रमुख सुबेदार रत्न बहादुर थापा मगर पनि भ्रमण दलमा संलग्न रहनेछन् ।
गत भाद्र २३ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम नियमित रूपमा सञ्चालन हुँदै आएको सो सम्मेलनमा प्रधान सेनापति सहभागी हुन हुन लागेको सेनाले स्पष्ट गरेको छ ।
भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह-आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधान सेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
नियमित रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागिताबाट मित्रराष्ट्रहरूका सैन्य सङ्गठनहरूका बिच सुमधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने एवं मानवीय सुरक्षाका साझा चासोका विषयहरूमा ज्ञान र अनुभवको आदान प्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने विश्वास नेपाली सेनाले विज्ञप्तिमार्फत लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण