बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घीयता अझै बच्चै छ, प्रश्न उठाउने बेला भएको छैन : प्रमुख शेरचन

बिहीबार, ०४ असोज २०८०, १६ : ३२
बिहीबार, ०४ असोज २०८०

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सङ्घीयतामाथि प्रश्न उठाउने बेला अझै नभएको बताएका छन् । उनले सङ्घीयता बच्चै भएकाले यसको विषयमा नकारात्मक टिप्पणी गर्ने बेला नभएको बताएका हुन् । 

संविधान दिवसको अवसरमा आज बुटवलमा प्रदेश प्रमुख कार्यालयले आयोजना गरेको जलपान कार्यक्रमका सम्बोधन गदै प्रदेश प्रमुख शेरचनले नेपालमा

सङ्घीयता भर्खर आएकाले विगतको शासन व्यवस्था बसेकाहरूले नकारात्मक टिका टिप्पणी गर्न नमिल्ने जिकिर गरे । उनले भने, ‘सङ्घीयता अझै बच्चै छ । भर्खर केही वर्ष भयो । यसबारे नकारात्मक कुरा गर्नेहरूले हिजो आफ्नो शासन व्यवस्थालाई पनि हेर्नुपर्ने पर्छ । त्यसमा के कसरी काम भएको थियो ।’ 

उनले सङ्घीयता बलियो बनाउनको लागि प्रदेश सरकारले पनि असल काम गर्नुपर्ने बताए । प्रदेश सरकारले असल काम गर्दा सङ्घीयताको गरिमा बढ्ने र नराम्रा काम गर्दा  सङ्घीयतामाथि प्रश्न चिन्ह उठ्ने बताए । उनले भने, ‘मुख्यमन्त्रीज्यूहरूले राम्रो काम गर्दा सन्देश राम्रो जान्छ, नभए सङ्घीयताप्रति जनताको धारणा नकारात्मक पनि बन्न सक्छ ।’

देशभर संविधान दिवस हिजो मनाएमनि लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले प्रत्येक वर्ष ४ गते नै कार्यक्रम गर्ने प्रचलन रहेको छ । यसअघि हिजो दाङमा मुख्यमन्त्री कार्यालयमा संविधान दिवसको अवसरमा कार्यक्रम गरिएको थियो । 

आज बुटवलमा प्रदेश प्रमुखको कार्यालयमा भएको शुभकामना आदान प्रदान कार्यक्रम मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम धर्ती मगर, लुम्बिनी प्रदेश पूर्व मुख्यमन्त्री लीला गिरी, प्रदेश सभा सदस्य तथा प्रदेशका उच्च तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप