‘फिफिया’ एप मार्फत ११ लाख ठगेको आरोपमा युवती पक्राउ

काठमाडौँ । ‘फिफिया’ नामको एप मार्फत अनलाइन बेटिङ गराएर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएकी २८ वर्षीय दादिकि शेर्पा राई छिन् ।
काठमाडौँको टोखा नगरपालिका–६ बस्दै आएकी दादिकिले फुटबल लगायतका अनलाइन खेलको विज्ञापन राखेर बेटिङ मार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
सामाजिक संजालमार्फत साथी बनाएर आरोपीतले पीडितहरुको जिमेलमा फिफिया एपको लिंक पठाएर इन्स्टल गर्न लगाउँथिन् । एपमा बायोडाटा अपडेट गर्न लगाएर त्यसमा रकम डिपोजिट गर्न लगाएर उनले ठग्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
विभिन्न देशहरु बिच हुने फुटबल लगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै ११ लाख २७ हजार ठगेको भेटिएको छ । प्रहरीले उनीविरुद्ध सट्टेबाजी विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
-
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता
-
आईसीसी टेस्ट च्याम्पियनसिप फाइनल : दक्षिण अफ्रिकी टोलीको घोषणा, कागिसो राबडाले पनि स्थान पाए
-
सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा