आन्दोलनरत शिक्षक र सरकारबीच वार्ताको तयारी
काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः वार्ता हुन लागेको हो । वार्ता बिहान ९ बजे सुरु हुने बताइएको छ ।
हिजोको वार्तामा दुई पक्षबीच बुँदागत रूपमा छलफल भएको र वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले हिजोको बैठकमा सामान्य छलफल मात्रै भएकोले आज औपचारिक वार्ता सुरु हुने बताए । सहमति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने भण्डारीले बताए ।
विद्यालय शिक्षा विधेयकको विरोधमा महासङ्घको अगुवाइमा शिक्षकहरू आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण