दयाहाङ र आँचलको ‘डिग्री माइला’ फ्लोरमा
काठमाडौंँ । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु भएको छ । गत शनिबार नक्साल भगवती मन्दिरमा शुभमुहूर्त गरिएको फिल्मको शुक्रबारदेखि ओखलढुङ्गास्थित रुम्जाटारबाट छायांकन सुरु भएको हो ।
पहिलो चरण ओखलढुङ्गा र दोस्रो चरण काठमाडौंमा हुने फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिने छ । विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको पनि अभिनय फिल्ममा देख्न सकिन्छ ।
२०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर यो फिल्म बन्न लागेको हो । त्यस नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए ।
बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । आगामी नयाँ वर्ष (२०८१)मा फिलम प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण