बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

साताको शेयर बजार : २२ अंकले बढेर २ हजार २९ अंकमा उक्लियो नेप्से सूचक

शुक्रबार, ०५ असोज २०८०, १६ : ५०
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । यो साता सेयर बजारका लागि केही उत्साहजनक नै रह्यो । केही सातायता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक पछिल्लो साता भने २२.७२ अंकले बढ्दै २ हजार २९.७८ अंकको बिन्दुमा उक्लियो । 

चार दिन खुलेको बजारमा पहिलो कारोबार दिन (आइतबार) बाहेक बाँकी तीन दिन नेप्से सूचक धनात्मक भयो । तथापि, पहिलो दिन नै ४२.१४ अंकले घटेको नेप्से सूचक अन्तिम कारोबार दिन असोज ४ गते ४४.३४ अंकले बढेर बन्द भएको छ । 

यो साता कमर्सियल बैंकतर्फ ४८ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको १६ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ भने डेभलपमेन्ट बैंकको २६ करोड ६३ लाख ४५ हजार रुपैयाँ बराबरको ७ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ । 

यस्तै, फाइनान्स समूहको १५ करोड ३ लाख ८० हजार रुपैयाँ, माइक्रो फाइनान्स समूहको १७ करोड १ लाख १० हजार रुपैयाँ, होटेल तथा पर्यटन समूहको १२ करोड ८ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

यस्तै, बीमातर्फ जीवन बीमा समूहको ५७ करोड ४ लाख ६३ हजार रुपैयाँ बराबरको ११ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा यता निर्जीवन बीमा समूहको १६ करोड ८४ लाख १९ हजार रुपैयाँ बराबरको २ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ । 

यससाता हाइड्रोपावर समूहको ९२ करोड ३० लाख १५ हजार रुपैयाँ बराबरको ४२ लाख ८ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । 

सबैगरी यस साता ७ अर्ब २८ करोड ३१ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

मार्केट क्यापिटलाइजेशन साढे ६९ अर्बले बढ्यो 

नेप्से सूचकसँगै यो साता मार्केट क्यापिटलाइजेशन (बजार पुँजीकरण) समेत बढ्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गएको चार दिनमा सेयर बजारको पुँजी ६९ अर्ब ५१ करोड रुपैयाँले बढ्दै ३० खर्ब ७४ अर्ब १३ करोड ५० लाख रुपैयाँमा उक्लिएको छ । 

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो मार्केट क्यापिटलाइजेशन ३० खर्ब ४ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कायम भएको थियो । यो साता नेप्से सूचकसँगै बढेको मार्केट क्यापिटलाइजेशनले सेयर बजारमा लगानीकर्ताहरूमा केही उत्साह थपेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप