साताको शेयर बजार : २२ अंकले बढेर २ हजार २९ अंकमा उक्लियो नेप्से सूचक
काठमाडौँ । यो साता सेयर बजारका लागि केही उत्साहजनक नै रह्यो । केही सातायता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक पछिल्लो साता भने २२.७२ अंकले बढ्दै २ हजार २९.७८ अंकको बिन्दुमा उक्लियो ।
चार दिन खुलेको बजारमा पहिलो कारोबार दिन (आइतबार) बाहेक बाँकी तीन दिन नेप्से सूचक धनात्मक भयो । तथापि, पहिलो दिन नै ४२.१४ अंकले घटेको नेप्से सूचक अन्तिम कारोबार दिन असोज ४ गते ४४.३४ अंकले बढेर बन्द भएको छ ।
यो साता कमर्सियल बैंकतर्फ ४८ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको १६ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ भने डेभलपमेन्ट बैंकको २६ करोड ६३ लाख ४५ हजार रुपैयाँ बराबरको ७ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, फाइनान्स समूहको १५ करोड ३ लाख ८० हजार रुपैयाँ, माइक्रो फाइनान्स समूहको १७ करोड १ लाख १० हजार रुपैयाँ, होटेल तथा पर्यटन समूहको १२ करोड ८ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै, बीमातर्फ जीवन बीमा समूहको ५७ करोड ४ लाख ६३ हजार रुपैयाँ बराबरको ११ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा यता निर्जीवन बीमा समूहको १६ करोड ८४ लाख १९ हजार रुपैयाँ बराबरको २ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ ।
यससाता हाइड्रोपावर समूहको ९२ करोड ३० लाख १५ हजार रुपैयाँ बराबरको ४२ लाख ८ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
सबैगरी यस साता ७ अर्ब २८ करोड ३१ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मार्केट क्यापिटलाइजेशन साढे ६९ अर्बले बढ्यो
नेप्से सूचकसँगै यो साता मार्केट क्यापिटलाइजेशन (बजार पुँजीकरण) समेत बढ्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गएको चार दिनमा सेयर बजारको पुँजी ६९ अर्ब ५१ करोड रुपैयाँले बढ्दै ३० खर्ब ७४ अर्ब १३ करोड ५० लाख रुपैयाँमा उक्लिएको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो मार्केट क्यापिटलाइजेशन ३० खर्ब ४ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कायम भएको थियो । यो साता नेप्से सूचकसँगै बढेको मार्केट क्यापिटलाइजेशनले सेयर बजारमा लगानीकर्ताहरूमा केही उत्साह थपेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण