बागमतीका ३९ हजार शिक्षक आन्दोलनमा, १३ लाख विद्यार्थीको पठनपाठन ठप्प
शिक्षा विधेयकको विरोधमा बागमती प्रदेशका ३९ हजार भन्दा बढी शिक्षक आन्दोलनमा छन् । यस प्रदेशका १३ जिल्लाका ३९ हजार १८६ जना शिक्षक आन्दोलनका लागि असोज ३ गतेदेखि काठमाडौँमा छन् ।
शिक्षकहरूको आन्दोलनका कारण बागमती प्रदेशका १३ जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय ठप्प भएका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको उक्त आन्दोलनमा प्रदेशमा कार्यरत स्थायीदेखि इसिडी सहजकर्ता, करार, राहत, निजी स्रोत, लेयोन लगायतका दरबन्दीमा कार्यरत शिक्षकहरू सम्मिलित भएका छन् ।
सो आन्दोलनमा प्रदेशको काठमाडौँबाट ५ हजार १३४, भक्तपुरका १ हजार ७२७, ललितपुरका १ हजार ९६२, काभ्रेका ३ हजार ८६४ जना शिक्षक आन्दोलनमा होमिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शिक्षक आन्दोलनमा सिन्धुपाल्चोकको ३ हजार २७४, मकवानपुरको ३ हजार ५३०, चितवनका ३ हजार ९२९, नुवाकोटका ३ हजार १५७, धादिङका ३ हजार ७७४, रामेछापका २ हजार ४९२, दोलखाका २ हजार १६७, रसुवाका ६६७ र सिन्धुलीका ३ हजार ५२० शिक्षकहरू आन्दोलनमा रहेका छन् ।
१३ लाख विद्यार्थीको पठनपाठन ठप्प
शिक्षकको आन्दोलनका कारण प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको छ । शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनका लागि काठमाडौैं हिँडेसँगै प्रदेशका सामुदायिक विद्यालयका १३ लाख ७८ हजार ७८४ विद्यार्थी पठनपाठनबाट वञ्चित भएका हुन् ।
प्रदेशको सिन्धुलीका सामुदायिक विद्यालयका ७८ हजार ७८६ जना विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् भने रामेछापका ३६ हजार ४०३ विद्यार्थीको विद्यालय शिक्षाको अधिकार ठप्प भएको छ ।
उता, दोलखाका ३६ हजार ८२१, सिन्धुपाल्चोकका ५५ हजार ७७५, काभ्रेका ८२ हजार १९९, ललितपुरका १ लाख २९ हजार ६६९, भक्तपुरका ७९ हजार ५३५, काठमाडौँका ४ लाख ६६ हजार ६७८, नुवाकोटका ५९ हजार १३८, रसुवाका ९ हजार २५३, धादिङका ७४ हजार ७२९, मकवानपुर १ लाख ५ हजार ७२२ र चितवनका १ लाख ६४ हजार ७६ विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण