आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कृषि र खाद्य सुरक्षाका लागि विश्व बैंकले नेपाललाई २० करोड अनुदान दिने

शुक्रबार, ०५ असोज २०८०, १७ : ५९
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । नेपालको कृषि तथा खाद्य पोषणको क्षेत्रमा सहयोग पुर्याउनेगरी विश्व बैंकले नेपाललाई २० करोड रुपैयाँ अनुदान दिने भएको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना (फेनसिप) लाई सहयोग गर्ने गरी बैंकले नेपाललाई २० मिलियन अमेरिकी डलर अर्थात् २० करोड रुपैयाँ आर्थिक अनुदान दिने भएको हो ।

उक्त सहयोग विश्व बैंकले शुक्रवार स्वीकृत गरेको छ ।  यस परियोजनाले नेपालका १६ गाउँपालिकाका ५५ हजार भन्दा बढी साना किसानहरूलाई कृषि उत्पादकत्व र पोषण अभ्यासहरू र जलवायु–स्मार्ट कृषि अभ्यासहरू मापन मार्फत लाभान्वित गर्ने लक्ष्य राखेको छ।

‘दिगो विकास लक्ष्यहरू र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिबद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हासिल गर्नु र गरिबी न्यूनीकरण नेपाल सरकारको राष्ट्रिय लक्ष्य हो’ मालदिभ्स र नेपालका लागि  विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले भने । 

उक्त कार्यले नेपालको उत्पादकत्व र जीविकोपार्जन र सीमान्तकृत समुदायहरूको पोषण सुरक्षा सुधार गर्न नेपाल सरकारको प्रयासलाई सहयोग पुग्ने समेत उनले विश्वास व्यक्त गरेका छन् ।  मुख्यगरी फेनसिप परियोजनाका तीनवटा मुद्दाहरू छन् ।

जलवायु र पोषण स्मार्ट कृषि प्रविधि अनुकूलन र प्रसार, आय उत्पादन र विविधीकरण र पोषण सुरक्षा सुधार । यसले खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप