रोनाल्डोको दुई गोलमा अल–नासरको लगातार सातौँ जीत
रियाद । सात गोलको थ्रिलरमा अल–नासरले अल–अहली साउदीलाई साउदी प्रो लिग अन्तरगतको खेलमा ४–३ गोलले हराएको छ । अल–नासरको जीतमा क्रिस्टियानो रोनाल्डो र टालिस्काले दुई–दुई गोल गरेका हुन् ।
खेलको चौथो मिनेटमा नै रोनाल्डोले अल–नासरलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा टालिस्काले टोलीको अग्रता दोब्बर बनाए । तर, ३० औँ मिनेटमा फ्रांक केइसीले गोल गर्दै अल–अहलीलाई खेलमा फर्काउने प्रयास गरे । पहिलो हाफको इन्जुरी समयमा टालिस्काले व्यक्तिगत दोस्रो गोल गरेपछि अल–नासरले पुनः दुई गोलको अग्रता बनायो ।
दोस्रो हाफको सुरुवातमा नै अल–अहलीले पेनाल्टी पायो । रियाद महारेजले गोल गर्दै टोलीको आशा कायम राखे । यद्यपि, दुई मिनेट पछि नै रोनाल्डोले अर्को गोल थप्दै अल–नासरको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर फेरास अलब्रिकानले गोल गरेपछि अल–अहलीका लागि केही आशा देखाएको थियो । तर त्यसपछि कुनै गोल हुन सकेन ।
सबै प्रतियोगितामा अल–नासरको यो सातौँ जीत हो । लिगको अङ्क तालिकामा ७ खेलपछि टोलीको १५ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको अल–इतिहादभन्दा टोली मात्र ३ अङ्कले पछि छ । अब तीन दिनपछि टोलीले किंग्स कप ओहोडको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण