एमाले मधेस प्रदेश अधिवेशनको तयारी तीव्र
काठमाडौँ । एमालेको मधेस प्रदेशको अधिवेशन तयारी तीव्र पारिएको छ । असोज २४ गतेदेखि जनकपुरमा हुने सो अधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू बनाएर तयारी तीव्र पारिएको एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले बताएका हुन् ।
अधिवेशनका लागि १५० स्वयंसेवक र ५० जना पर्यवेक्षक खटाइने तयारी भइरहेको छ । प्रदेश अध्यक्ष राम अवतार यादवको संयोजकत्वमा प्रतिनिधि छनोट तथा व्यवस्थापन समिति गरिएको छ भने प्रदेश उपाध्यक्ष रेवती पन्तको संयोजकत्वमा जनपरिचालन समिति गठन गरिएको बताइएको छ ।
कमलकिशोर चौधरीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, शिवशंकर साहको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, मोहम्मद कायस्थको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको अध्यक्ष यादवले बताए ।
जनकपुरको महेन्द्रनारायण निधि प्रतिष्ठानमा हुने अधिवेशनको उद्घाटन एकालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको उनले बताए । उनले असोज २४ गतेदेखि २६ गतेसम्म हुने सो अधिवेशनका लागि प्रतिनिधिको पनि अन्तिम रूप दिने काम भइरहेको बताए । मधेस प्रदेशका आठ वटै जिल्लामा रहेको करिब ६० हजार सक्रिय सदस्य मध्येबाट एक हजार अधिवेशन प्रतिनिधि छनोट गरिने छ । असोज १३ गते मधेस प्रदेशको १३६ वटै पालिकामा मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।
अधिवेशनका लागि मूल नारा सहितको ब्यानर र लोगो असोज ११ गते सार्वजनिक गरिने उनले बताए । अधिवेशनबाट महिला, दलित, आदिवासी जनजाति, युवासहितका क्लस्टर र विभिन्न जनवर्गीय संगठनबाट प्रतिनिधित्व हुने गरी २३५ सदस्यीय प्रदेश कमिटी चयन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण