सातामा प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार ३०० ले बढेर कारोबार भएको महासंघले जनाएको हो ।
महासंघका अनुसार हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम छ ।
सातामा चाँदीको मूल्यमा भने प्रतितोला ३० रुपैयाँको वृद्धि देखिएको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १४ सय २५ रुपैयाँ कायम भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण